ग्राहक समीक्षा हिएन सान

फोटो:हिएन सान फोटो:हिएन सान

हिएन सान

राष्ट्रियता: भियतनाम /
जापान आगमन : ७ औ वर्ष

Q

किन जापानमा काम गर्ने विचार गर्नु भयो?

A

भियतनामको विश्वविद्यालबाट स्नातक तह पास गरेपछि, धेरै कोसिस गरेता पनि जागिर खान सकेन। त्यस कारण, विदेशमा गएर काम गर्ने विचार आयो। २०१९ साल तिर, भियतनाममा जापानमा गएर पढ्ने चलन चलिरहेकोले जापान जाने मानिसहरू धेरै थिए। मैले पनि जापान गएर हेर्ने विचार गरे। अनि, विश्वविद्यालयमा अध्ययन विषयमा, जापानी भाषाको विषय पनि थियो। जापानीज भाषा र जापानको संस्कृतिमा रुची भएको कारणले गर्दा अन्तराष्ट्रिय विद्यार्थीको रुपमा जापानमा गएर पढ्ने निर्णय गरे।

Q

तोकुतेइ गिनोउ “नर्सिङ्ग केयर” लाई छनौट गर्नुका कारण के हो बताउनुहोस्।

A

बूढाबूढीसँग कुराकानी गर्न मन पर्छ। त्यसैले होला, नर्सिङ्ग केयरको काम आफूलाई उपयुक्त जस्तो महसुस भइरहेको छ। सुरुमा, जापानको नर्सिङ्ग केयरको बारेमा पटक्कै ज्ञान नभएकोले गर्दा, नर्सिङ्ग केयरको काम गरिरहेका साथीहरूबाट विभिन्न कुराहरू सुने। मानिसको जीवनसँग सम्बन्धित कुरा भएकोले गर्दा, सुरुमा चिन्तामा लागेको थियो तर, काम गर्ने ठाउँका सहकर्मीहरूले माया गरेर राम्रोसँग सिकाउनु भयो। जसले गर्दा अहिले सम्म कुनै समस्या नहुने गरी काम गरिरहेको छु।

Q

दर्ताको लागि सहयोग गर्ने निकाय “लाइक स्टाफिङ्ग” को बारेमा कहाँबाट थाहा पाउनु भयो?

A

काम खोजिरहेको बेला, सेन्मोन गाक्को (व्यावसायिक स्कूल) का शिक्षकले लाइक स्टाफिङ्गको बारेमा बताउनु भएको थियो।

Q

काम खोज्न शुरु गरे देखि कम्पनीमा प्रवेश गर्नु अगाडि सम्म, कति जतिको समय लाग्यो?

A

लगभग २ महिना लाग्यो। अन्तरवार्ता देखि नियुक्ति पक्का (नाइतेइ) सम्मको प्रक्रिया छिटो सकेको थियो। तर, भिसा निवेदनमा समय लाग्यो। त्यस कारणले गर्दा कम्पनी प्रवेश अलिकति ढिला भयो।

Q

अन्तर्वार्ता तथा VISA निवेदनमा, लाइक स्टाफिङ्गबाट केही सहयोग पाउनु भयो?

A

अन्तर्वार्ता तथा VISA निवेदन गर्ने बेलामा, लाइक स्टाफिङ्गबाट विभिन्न किसिमका सहयोग पाएँ। नियुक्ति पक्काको सूचना पाए पछि, भिसा निवेदनको लागि आवश्यक सबै कागजातहरू तयार गरिदिनु भयो। साथै, अध्यागमन विभाग सम्म सँगै आएर निवेदन बुझाइ दिनुभयो। आफूलाई त्यति थाहा नभएको VISA निवेदन प्रक्रियामा सहयोग गर्नु भएकोले, धेरै सजिलो भयो।

Q

साधारणतया, लाइक स्टाफिङ्गबाट पाउँदै आएको सहयोगहरू केही छन् कि?

A

लामो समय जापानमा बसोबास गर्दै आएको कारणले गर्दा, प्राय जसोको प्रक्रिया आफैले नै गरेँ। तर, लाइफ स्टाफिङ्गले केही समस्या छ कि छैन भनि राम्रोसँग चेक गर्ने भएकोले, धेरै न्यानो माया पाइरेहेको अनुभव गरिरहेको छु। अनि, ३ महिनामा १ पटक त्रैमासिक रुपमा भेटघाट र छलफल गर्ने समयमा, कामसँग सम्बन्धित परामर्श गर्न पनि सकिने र सल्लाह पनि दिनु हुन्छ।

Q

भविष्यको लक्ष्य के हो? बताउनुहोस्।

A

हाल सम्म भियतनाममा फर्केर जाने योजना बनाएको छैन।। जापानको जीवनयापन मन पर्ने भएकोले, नर्सिङ्ग केयर कल्याणकर्ता (खाइगो फुकुसि-सी) को लाइसेन्स लिएर, लामो समय जापानमै बस्ने योजना छ।