सहयोगको व्यवस्था

जापानमा काम गर्न इच्छुक विदेशीहरूको लागि काम खोज्न हामी सहयोग गर्छौ।

अग्रिम मार्गनिर्देशन, जीवनयापन सम्बन्धि अभिमुखीकरण

अग्रिम मार्गनिदेशन : ३ घण्टा
जीवनयापन सम्बन्धि अभिमुखीकरण : ८ घण्टा

इन्चार्ज :मातृभाषामा कुराकानी गर्न सक्ने कर्मचारी

निर्दिष्ट सीप (तोकुतेइ गिनोउ) सँग सम्बन्धित कुराको बयान, जापानमा जीवनयापन गर्दा पालना गर्नु पर्ने नियम तथा शिष्टाचार, फोहर फाल्ने तरिका, होहल्लाको म्यानर, सार्वजनिक यातायात प्रयोग गर्ने तरिका, प्राकृतिक प्रकोप परेको बेलामा अपनाउनु पर्ने विधिहरूको बारेमा बयान गरिने छ।

आवास सुनिश्चित गर्ने, जीवनयापनको लागि अति आवश्यक कुराको सम्झौता गर्न सहयोग

कम्पनीसँगको सम्झौताको बारेमा परामर्श दिइरहेका छौं।
सुरुमा स्वयमले व्यहोर्नु पर्ने रकमको उदाहरण, रेइकिन (की मनी) १ महिनाको घरभाडा रकम बराबर + २ महिनाको घरभाडा रकम

  • जापानको ठूलो रियल स्टेट कम्पनी (घर जग्गा बहाल लिने दिने कम्पनी) सँग व्यापारिक सम्झौता गरिरहेको छ।
  • अँग्रेजी भाषा, भियतनाम भाषा, चाइनीज भाषा, नेपाली भाषा, इन्डोनेसिया भाषा, म्यान्मार भाषाबाट सेवा दिइरहेको छ।
  • फर्निचर तथा घरायसी विद्युतीय उपकरण सहितको कोठा भएकोले प्रारम्भिक खर्चलाई न्यूनीकरण गर्न सक्छ।
  • इन्टरनेटको सुविधा उपलब्ध छ।

विदेशीहरूलाई एअरपोर्टमा पिकअप र ड्रपको व्यवस्था

■जापान आगमनको बेलामा
हवाई टिकटको बुकिङ्ग तथा कन्फरमेसनको लागि सहयोग।
जापानको एअरपोर्ट देखि कम्पनी वा घर सम्म पुर्‍याइने छ।

■जापानबाट प्रस्थान गर्ने बेलामा
जापानको एअरपोर्टको सेक्युरिटि चेक अगाडि सम्म सँगै गएर सहयोग गरिने छ।

सरकारी प्रक्रियाको लागि कार्यालय जाने बेलामा साथमा आउने

बसाइ सरेर आएको निवेदन, निवासी दर्ता प्रमाणपत्र (ज्यूमिनह्यो) लिने, राष्ट्रिय बीमामा आबद्ध / परित्यागको प्रक्रिया जस्ता पालिका कार्यालयमा गएर प्रक्रिया चाल्नु पर्ने बेलामा आवश्यक सहयोग गरिने छ।

जापानीज भाषा सिक्ने अवसर प्रदान गरिने
 
 

यस कम्पनीको जापानीज भाषा सिकाउने इन्चार्जले, जापानीज भाषा दक्षता सुधारको लागि सिकाउने छ।
※कामको कारणले गर्दा सहभागी हुन नसक्ने अवस्थामा, क्लासको भिडियो हेर्न सक्नु हुन्छ।

■मुख्य कोर्स
①नर्सिङ्ग केयर सम्बन्धि आधारभूत कोर्स 
②JLPT परीक्षा पास गर्ने कोर्स (N4~N2)
③व्यक्तिगत प्रोग्रामको कोर्स

परामर्श, गुनासोलाई समाधान गर्ने कार्य,
जापानी नागरिकसँगको आदानप्रदान गर्न प्रोत्साहन

मातृभाषामा कुराकानी गर्न सक्ने कर्मचारीले, आधिकारिक SNS (सामाजिक सञ्जाल) मार्फत, कार्यस्थल तथा जीवनयापनसँग सम्बन्धित परामर्श, गुनासो भएमा, मातृभाषामा परामर्श दिइने छ (२४ घण्टा, ३६५ दिन सेवा उपलब्ध छ)।
जापानी नागरिकहरूसँगको आदानप्रदान गरी सम्बन्ध गाढा बनाउनको लागि, फुटसल प्रतियोगिता, पुष्प दृश्याबलोकन (हानामी) आदि कार्यक्रम आयोजना गर्ने गरिरहेको छ। जुन धेरै नै लोकप्रिय छन्।

समय समयमा भेटघाट र छलफल,
अध्यागमन कार्यालयलाई जानकारी दिने कागजात पेश गर्ने

३ महिनाको अन्तरालमा कम्तीमा १ पटक नियमित रुपमा भेटघाट र छलफल गरी, त्यसको विवरण अध्यागमन विभागलाई जानकारी दिइने छ।
संरचनाको जिम्मेवार व्यक्ति, यस कम्पनीका इन्चार्ज, कर्मचारी सहित ३ पक्ष बीच भेटघाट र छलफल गरिने छ।
यस कम्पनीले आवश्यक सबै व्यवस्था गरिने छ।