ग्राहक समीक्षा तुता सान

फोटो:तुता सान फोटो:तुता सान

तुता सान

राष्ट्रियता:म्यानमार /
जापान आगमन : पहिलो वर्ष

Q

किन जापानमा काम गर्ने विचार गर्नु भयो?

A

जापानको तलव उच्च भएकोले, परिवारको घर खर्च धान्नको लागि, जापानमा काम गर्ने विचार गरेँ।

Q

तोकुतेइ गिनोउ “नर्सिङ्ग केयर” लाई छनौट गर्नुका कारण के हो बताउनुहोस्।

A

बूढाबूढीलाई सेवा गर्ने कार्य मन पर्ने भएकोले, नर्सिङ्ग केयरको काम छनौट गरेको हो। जापानमा आउनु भन्दा पहिला, म्यानमारमा भएको नर्सिङ्ग केयर स्कूलमा अध्ययन गर्दै, नर्सिङ्ग केयरको बारेमा सिक्दै आएको थिए।

Q

दर्ताको लागि सहयोग गर्ने निकाय “लाइक स्टाफिङ्ग” को बारेमा कहाँबाट थाहा पाउनु भयो?

A

म्यानमारको नर्सिङ्ग केयर स्कूल पास भएपछि, कन्सलटेन्सीबाट लाइक स्टाफिङ्गको बारेमा सुनेको थिए।

Q

काम खोज्न शुरु गरे देखि कम्पनीमा प्रवेश गर्नु अगाडि सम्म, कति जतिको समय लाग्यो?

A

अन्तरवार्ता देखि नियुक्ति पक्का (नाइतेइ) सम्मको प्रक्रिया छिटो सकेको थियो। तर, कोरोना भाइरसको कारणबाट जापानमा आउन सकिएन। त्यस पछि विभिन्न तयारी गरेको कारणबाट, ३ वर्ष जति लाग्यो।

Q

अन्तरवार्ता तथा VISA निवेदनमा, लाइक स्टाफिङ्गबाट केही सहयोग पाउनु भयो?

A

कम्पनीसँगको अन्तरवार्ता हुनु भन्दा अगाडि, पटक पटक अन्तरवार्ताको अभ्यास गर्ने सहयोग पाएँ। अनि VISA निवेदनको लागि पनि सबै सहयोग पाएँ।

Q

सामान्यतया, लाइक स्टाफिङ्गबाट पाउँदै आएका सहयोगहरू केही छन् कि?

A

सुरुमा जापानमा आउँदा खेरी, लाइक स्टाफिङ्गको कर्मचारीबाट विभिन्न किसिमको सहयोग पाएँ। जापान आगमनको दिन, एअर पोर्टमा पिकअपको लागि आउनु भयो, अनि, अपार्टमेन्ट भाडा सम्झौता, किनमेलमा पनि लगि दिनु भयो। विभिन्न किसिमको सहयोग गर्नु भयो। साथै, जापानको जीवनयापनमा घुलमिल नभएको बेलामा, समस्या अनि केही प्रश्न छ कि भनि समय समयमा सोध्नु हुन्थ्यो। अनि समस्या आदि सबै समाधान गरि दिनु हुन्थ्यो। त्यसको लागि धेरै धेरै धन्याबाद दिन चाहन्छु।

Q

भविष्यको लक्ष्यको बारेमा बताउनुहोस्।

A

नर्सिङ्ग केयर कल्याणकर्ता (खाइगो फुकुसि-सी) को लाइसेन्स लिएर, १५ वर्ष जति जापानमा बस्ने इच्छा छ।