प्राय सोधिने प्रश्नहरू

Q

तोकुतेइ गिनोउ (निर्दिष्ट सीप) भिसा प्राप्त गर्नको लागि के गर्नु पर्छ?

A

सामान्यतया, आफूले गर्न चाहेको कामको परीक्षा दिएर पास गर्ने, त्यस पछि जापानीज भाषाको दक्षता परीक्षाको N4 लेभल पास गर्ने, दुबैमा पास भए पछि, जापानको तोकुतेइ गिनोउ (निर्दिष्ट सीप) को विदेशी कामदार स्विकार्ने कम्पनी खोज्नु पर्ने हुन्छ।

Q

काम छोड्ने बेलामा, अध्यागमन विभागमा पेश गर्नु पर्ने कागजात छ?

A

काम छोडेको मिति देखी १४ दिन भित्र, “सम्झौता गरेको कम्पनी सँगको सम्झौता समाप्त भएको सूचना दिने फाराम”

Q

औद्योगिक प्रशिक्षार्थी (गिनोउ जिस्यू) नम्बर २ वा नम्बर ३ को अवधि समाप्त भए पछि, स्वदेशमा नफर्किन तोकुतेइ गिनोउ (निर्दिष्ट सीप) भिसामा परिवर्तन गर्न सकिन्छ?

A

स्वदेशमा नफर्किन तोकुतेइ गिनोउ (निर्दिष्ट सीप) भिसामा परिवर्तन गर्न सकिन्छ।

Q

औद्योगिक प्रशिक्षार्थी (गिनोउ जिस्यू) को बेलाको काम भन्दा फरक काममा, तोकुतेइ गिनोउमा काम गर्न मिल्छ?

A

काम गर्न मिल्छ तर, काम गर्न चाहेको क्षेत्रको परीक्षामा पास गर्नु आवश्यक छ।

Q

तोकुतेइ गिनोउमा, भिसा ५ वर्षको हुन्छ तर, ५ वर्ष भन्दा बढि समय जापानमा बसोबास गर्न सकिन्छ?

A

योग्यता परीक्षामा पास भएको खण्डमा, भिसा परिवर्तन गरेर जापानमा बसोबास गर्न सकिन्छ। भिसा परिवर्तन गर्न नसक्ने अवस्थामा, सामान्यतया स्वदेश फर्कनु पर्ने हुन्छ।

Q

मेरो देशमा अहिले सम्म तोकुतेइ गिनोउ (निर्दिष्ट सीप) को परीक्षा दिने व्यवस्था छैन। के गर्दा राम्रो हुन्छ होला?

A

अस्थाइ छोटो भ्रमण भिसाबाट जापानमा प्रवेश गरेर परीक्षा दिन सकिन्छ। अर्को कुरा, परीक्षा संचालन हुने अन्य देशमा गएर परीक्षा दिन पनि सक्नु हुन्छ।

Q

नर्सिङ्ग केयर क्षेत्रमा काम गर्ने बेलामा, N4 लेभलकोले पनि पास गर्न सक्छ होला? नर्सिङ्ग केयरमा जापानीज भाषा धेरै प्रयोग हुने भएकोले, N3 लेभल पास नगरिकन हुँदैन कि?

A

N4 लेभल मात्र भए पनि काम गर्न सकिन्छ। तर, नर्सिङ्ग केयर मात्रको “नर्सिङ्ग केयरमा प्रयोग हुने जापानीज भाषा मूल्याङ्कन परीक्षा” पास गर्नु आवश्यक छ।

Q

तोकुतेइ गिनोउ भिसाबाट कम्पनी परिवर्तन गर्न सकिन्छ?

A

कम्पनी परिवर्तन गर्न सकिन्छ। फरक क्षेत्रमा काम गर्ने भए, परीक्षामा पास गर्नै पर्छ।

Q

भिसाको लागि निवेदन प्रक्रियामा सपोर्ट पाउँछ होला?

A

लाइकले आवश्यक कागजात बनाउन सहयोग गर्ने भएकोले ढुक्क हुनु होला।

Q

भिसाको लागि निवेदन कसले गर्ने हो?

A

आफै जाने वा काम गर्ने कम्पनीको मानिसलाई अनुरोध गर्ने वा, जाइर्‍यू कार्ड र पासपोर्ट हामीलाई पठाइ दिएमा, लाइकको व्यक्तिले अध्यागमन विभागमा आवश्यक कागजात पेश गरि दिने छ।

Q

कम्पनी छोड्ने बेलामा, कम्पनीबाट लिनु पर्ने कागजात के के हुन?

A

① रोजगार बीमाको वीमित प्रमाणपत्र (कार्ड), ② पेन्सनको प्रमाणपत्र ③ अग्रिम कर कट्टी स्लिप (गेनसेन च्योउस्यू-ह्यो) ④ काम परित्याग गरेको प्रमाणपत्र लिनु आवश्यक छ।

Q

परिवार लिएर जापानमा आउन सकिन्छ?

A

तोकुतेइ गिनोउ नम्बर १ को भिसाबाट जापानमा परिवारसँगै बस्न मिल्दैन। केयर गिभरको भिसा लिने, तोकुतेइ गिनोउ नम्बर २ को भिसा लिने जस्ता कार्य गरी, परिवारलाई साथमा लिएर आउन अनुमति भएको भिसामा परिवर्तन गर्न सकेको खण्डमा, परिवारसँग